आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका ६ मन्त्री बाहिरिए

एपी खबर २०८० फागुन २३, बुधबार (१ महिना अघि) १०१ पाठक संख्या

काठमाडौँ : बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका ६ मन्त्री बाहिरिएका छन्। बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन्। उनीहरूको राजीनामासँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता लिएका छन्।

 

आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशीले मुख्यमन्त्री जम्मकट्टेललाई राजीनामा बुझाएका हुन्।
बागमतीमा १२ सदस्यीय मन्त्रीपरिषद्मा प्रदेश सभाको ठुलो दलको हैसियतले कांग्रेसको भागमा ६ मन्त्रालय थिए।

 

 

प्रतिक्रिया दिनुहोस