आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता

एपी खबर २०८० फागुन २८, सोमबार (१ महिना अघि) ९१ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

 

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् । उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।

प्रतिक्रिया दिनुहोस