आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खोला उत्खनन्मा निजगढ नगरपालीकाको मनोमानी

सुप्रिया ढकाल २०७८ श्रावण २६, मंगलबार (२ साल अघि) ३१८ पाठक संख्या

२६ श्रावण, बारा । अन्धाधुन्ध नदिजन्य पदार्थ दोहन बारा पर्सामा नौलो बिषय होईन । तर निगजढ नगरपालीकाको मनोमानी वातावरणमा प्रभाव पार्ने मात्र नभई पूर्ण रुपमा निति विपरीत पाईएको छ । निजगढ नगरपालीकाले आफुखुसी टेण्डर खोलेर लालबकैया, शक्तिखोर, भमरा लगाएतका नदिहरुमा ठेक्का लगाएको पाईएको हो ।

 

निजगढ नगरपालीका चुरे क्षेत्र अन्तर्गत पर्ने भएकाले सामान्यतः यस क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नपाईने कुरा ऐनमा उल्लेख छ । नदिजन्य पदार्थ उत्खनन्का लागी ठेक्का खुल्ला गर्नुपुर्व जिल्ला बन कार्यालय र जिल्ला समन्वय समितिसंग समन्वय गरी वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेदन निकाल्नुपर्ने हुन्छ । यसका अलावा राष्ट्रपती तराई मधेश चुरे संरक्षण समितिबाट स्विकृती समेत लिनुपर्ने हुन्छ ।

 

पक्रिया पुरा नगरी नदिजन्य पदार्थ दोहन भैरहेको जनगुनासो आईरहदा जिल्ला बन बन कार्यलय बारा र जिल्ला समन्वय समितिको सिफारिस बिना निजगढ क्षेत्र भित्र रहेका नदिहरुमा ठेक्का लगाइएको स्थानिय ब्यवसायी नरायण घिमिरेले बताउनुभयो । यस क्षेत्रका नदिहरु चुरे बाताबरणिय प्रभाब क्षेत्र भित्र पर्ने भएकाले नगरपालीकाको मनोमानी बिरुद्धमा कानुनी उपचार खोजिने जिल्ला बन कार्यालयका प्रमुख मंन्जुर अहमदले चेतावनी दिनुभयो ।

 

यता निजगढ नगरपालीकाका मेयर सुरेश खनालले वातावरीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदन तयार पार्नुका साथै आवश्यक सबै प्रक्रिया पुरा गरेको दाबी गर्नुभएको छ । खनालले आफु मातहतका नदिमा उत्खनन्का लागी ठेक्का दिनुपुर्व जिल्ला वनसंग समन्वय गर्न नपर्ने बताउदै बनका केहि कर्मचारीहरुको सहमती लिएर निर्णय गरीएको ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस