आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रावण महिनाको अन्तिम सोमबार आज ब्रतालुद्धारा नजिकका शिवमन्दिरमा हवन

सुप्रिया ढकाल २०७८ श्रावण ३२, सोमबार (२ साल अघि) ४७४ पाठक संख्या

बारा । श्रावण महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ । हिन्दु धर्मशास्त्रमा श्रावण महिनालाई चोखो महिनाको रुपमा लिईन्छ । यसबर्ष श्रावण महिना अन्तर्गत पनि ५ वटा सोमबार परेकाले अधिकांश महिलाहरुले श्रावण महिनाको ब्रत बसेका छन् ।

 

आजको दिनलाई बिवाहिता तथा अविवाहित महिलाहरुले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन् । पछिल्लो समय त पुरुषहरुले समेत श्रावण महिनाको ब्रतलिन थालेको पाईन्छ ।

 

आज अन्तिम दिन पाचौ सोमबार ब्रतालुहरुले भगवान शिवको पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् । साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर होम ईत्यादिका साथ पूजा आराधना गरी ब्रतालुहरुले समापन गर्ने गर्दछन् । त्यसैले आज शिव मन्दिरमा भीड लागेको छ ।

 

जितपुरसिमरा उपमहानगरपालीका १ अन्तर्गत पर्ने १ शताब्दि लामो ईतिहास बोकेको पौराणिक शिव मन्दिरमा ब्रत समापन कार्यक्रम आयोजना गरीएको छ । वाणलिङ्गेश्वर महादेव मन्दिर परिषरमा उपस्थित भएर आज सयौ श्रद्धालु ब्रतालुहरुले पुजापाठ गरेका छन्, भने सबैको सहयोगमा सामुहिक होमआदि हवन गरीएको छ ।

 

यस्तै वडा नम्बर ४ औराहास्थित श्री पशुपतीनाथ महादेव मन्दिरमा समेत सौभाग्य दान तथा हवन कार्यक्रम सम्पन्न भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भुवप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस