आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज देखि फेरी मौसममा परिवर्तन, तीन दिन सम्म मेघ गर्जन सहित पानी पर्ने

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ५९६ पाठक संख्या

 चैत ४  आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिइन । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ ।

यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन–‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’ आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तै भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस