आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एसइईको उत्तरपुस्तिका परीक्षणमा ढिलाई

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) ३५४ पाठक संख्या

बैशाख २२
राजविराज । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित भएको छ ।

गत वर्ष वैशाख मसान्तसम्म झण्डै ५० प्रतिशत उत्तरपुस्तिका परीक्षण भइसकेको थियो । तर, यस वर्ष कार्यालयमा कर्मचारी अभावका कारण उत्तरपुस्तिकामा कोडिङ्ग समेत हुन सकिएको छैन ।

पदपूर्तिका लागि परीक्षा नियन्त्रण कार्यालयलाई पत्र पठाइसकेको तथा उत्तरपुस्तिका परीक्षण व्यवस्थापन गर्ने कर्मचारी पठाईदिने आश्वासन पाएको शिक्षा विकास तथा समन्वय इकाय कार्यालय सप्तरीका प्रमुख फरिन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्मचारी आए लत्तगै उत्तरपुस्तिकामा कोडिङ्ग गर्ने कार्य सुरु बताउनु भएको छ । कार्यालयमा एक कार्यालय प्रमुख र २ शाखा अधिकृत, २ प्राविधिक सहायक, २ कार्यालय सहायक र एक जना सवारी चालक गरि कुल ८ जनाको दरवन्दी रहेको छ ।

जसमा शाखा अधिकृत र प्राविधिक सहायकको पद रिक्त रहेको कार्यालयले जनाएको छ । गत चैत्र १० गतेदेखि भएको एसइईमा सप्तरीबाट नियमिततर्फ ८ हजार ३ सय ५६, आंशिकतर्फ १७ र गे्रड वृद्धितर्फ २ सय ४५ विद्यार्थी सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस