आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजस्व छल्न रातारात मदिरा बिक्री

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ४२७ पाठक संख्या

श्रावण ९;

मदिरा उत्पादक कम्पनीका आधिकारिक बिक्रेताले राजस्व छली गर्न स्यांजाका खुद्रा व्यापारीलाई रातारात मदिरा विक्री गर्ने गरेका छन् ।
आधिकारिक बिक्रेताले थोक बिक्रेतामार्फत खुद्रा व्यापार गर्नुपर्नेमा उक्त प्रक्रियालाई छल्दै कर बिलबिजक बिना खुद्रा व्यापारीलाई मदिरा बिक्री वितरण गरेर राजश्व छली गरिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
उत्पादक कम्पनीबाट आधिकारिक विक्रेतामार्फत थोक विक्रेता हुँदै खुद्रा व्यापारीबाट उपभोक्तसम्म पुग्नुपर्ने थियो ।
मदिराका जिल्लास्थित आधिकारिक विक्रेता सिधै खुद्रा व्यापारी र उपभोक्तासम्म पुग्दा राज्यलाई करोडौं घाटा भएको छ ।

प्रतिक्रिया दिनुहोस