आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमराका संविधान दिवस विशेष कार्यक्रम

AuthorAP Khabar२०७६ आश्विन ३, शुक्रबार (४ साल अघि) ११३४ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ३ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका संविधान दिवस २०७६ को अवसरमा संविधान विशेष कार्यक्रमको आयोजना गरेको छ । बाराको सिमरा स्थित वडा कार्यलयमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले सबैको साझा दस्तावेज संविधान भएको बताउनुभएको छ ।

उहाँले संविधानमा भएको धेरै कुरालाई कार्यन्यवनमा ल्याउन कानुन बन्नुपर्ने र त्यसको काम भइरहेकोले जानकारी दिनुभयो । उहाँले नागरिक्ता विध्येकपनि केहि समय भित्रमै पास हुने चरणमा रहेको समेत जानकारी गराउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य विकको प्रमुख आतिथ्यता रहेको थियो । नगरपालिकाले संविधान दिवसकै अवसर पारेर साझ ७ बजे सिमराका दिप प्रज्वलन कार्यक्रम समेत रोखेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, दोस्रो अन्तराष्ट्रिय विमान स्थलका आयोजना प्रमुख ओम शर्मा, ईलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, नेपाली कांग्रेसका कृष्णब्रत सिहं, छविलाल शर्मा, नेकपाका मनोज पौडेल, गिता कडेल, कृष्ण खनाल जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

संविधान दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका सबै वडाहरुले दिप प्रजलित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस