आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जातिगत हेरेर काम गर्ने नेता हो प्रभु साह:पुर्व सान्सद जितेन्द्र यादव

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) ९०३ पाठक संख्या

अखिलेश कुमार यादव

असोज , २६ : रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको वडा स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम पुर्व सान्सद सुनिल यादव ( जितेन्द्र) को उपस्थितिमा सम्पन्न भएको छ।वडा स्तरिय शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा नेपाली काङ्ग्रेसका पुर्व सान्सद सुनिल यादव( जितेन्द्र) ले प्रभु साह जातिगत नेता हो भनेर ठोकुवा गरेका छन ।

बिकाश पुरुषको नाममा प्रभु साहले जातिगत हेरेर जन्ताको काम गर्ने र जनताहरुको माझमा आफू बिकाश प्रेमी नेताको झुठो अशवासन दिने गरेको छन।प्रभु साहले माओवादीमा कार्यरत सकृय नेतालाई टिकट न दिए आफ्नो पत्निलाई मेयरमा टिकट दिएर सकृय कार्यकार्ताहरुलाई धोका दिएको कुरा समेत आम जनता समक्ष राखेको थियो।

उक्त वडा स्तरिय शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्दृय सदस्य रमेश खरेल ,फतुवा बिजयपुर वडा न २ को वडा अध्यक्ष भबिक्षन राय यादव,स्थानिय नेता वेदयानन्द यादव लगाएत दर्जनौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस