फाल्गुन ११ काठमाडौं ।
नेपाल आयल निगमको थानकोट डिपोले ट्याङकरमा पेट्रोल र डिजेल लोड गर्ने नयाँ मेसिन जडान गरेको छ । डिपोबाट पेट्रोल पम्पसम्म लैजाने ट्याङकरमा डिजेल र पेट्रोल लोड गर्न चार वटा ‘लोडिङ आम्स्न’ जडान गरिएको हो ।
प्लास्टिकको पाइपबाट तेल लोड गर्दा चुहावट हुने गरेको छ । त्यसैगरी समय पनि बढि लाग्ने गर्छ । आम्स्नले ट्याङकरको एउटा चेम्बरमा बढिमा ३ मिनेटमा तेल भरिन्छ ।
तर पाइपबाट हाल्यो भने ६-७ मिनेट लाग्छ । प्लास्टिकबाट ट्याङकरमा तेल हाल्दा एकजनाले समातिरहनुपर्ने र अर्कोले चेम्बरमा गएको तेलको परिणाम (डिप रड ) का माध्यमले नापिरहनुपर्ने झन्झट छ ।
आम्स्नलाई भने चेम्बरको मुखमा छाडिदिएपछि समाउनुपर्दैन् । नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस