आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तीन डिआइजीको बढुवा

AuthorAP Khabar२०७६ फागुन १६, शुक्रबार (४ साल अघि) २५२ पाठक संख्या
फाल्गुन १६ काठमाडौं ।
नेपाल प्रहरीमा ३ जना नायव महानिरीक्षक (डीआइजी) को बढुवा भएको छ । प्रहरी नायक महानिरीक्षकहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको बढुवा भएको हो । उनीहरु तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका हुन् ।

लम्साल, क्षेत्री र पाललाई गृहमन्त्रालय अन्तरगतको प्रहरी बढुवा समितिको बिहीबारको बैठकले डिआइजीबाट एआइजी बनाएको हो ।
डिआइजीबाट एआइजी भएका लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, क्षेत्री महानगरीय प्रहरी कार्यालय, रानी पोखरी र पाल प्रहरी प्रधान कार्यालय, विशेष व्युरोमा कार्यरत छन् ।

अहिलेको बढुवा अब फेरिने महानिरीक्षक(आइजीपी) बनाउन समेत सजिलो हुने भएको छ । महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीपछि आइजीपीको लागि क्षेत्री र पालबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस