आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जुत्ता-चप्पल मेला पुस १३ देखि

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ८३७ पाठक संख्या

काठमाडौं , पुष १० : ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा भृकुटीमण्डपमा हुने प्रदर्शनीमा १४० कक्ष रहनेछन् । मेलामा विशेषगरी छालाको जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारको कक्ष रहने छ ।

स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी दिनु मेलाको मुख्य उद्देश्य रहेको मेला संयोजक नवराज गौतमले बताउनुभयो ।
करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको मेलामा सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस