काठमाडौं : अर्थमन्त्री डा. युवराज खितवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७र०७८ बजेटमा नेताहरुले सकारात्मक टिप्पणी गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताउनुभयो ।
बजेट सिर्जनात्मक, प्रगतिशील, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उहाँले बताउनुभयो । बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उहाँले बताउनुभयो ।
आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उहाँले बताउनुभयो ।
साभार जनता समाचार
प्रतिक्रिया दिनुहोस