आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको अमलेखगंजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,दुई सय १४ जनाले गराए स्वास्थ्य परिक्षण

एपी खबर २०७९ पौष ३०, शनिबार (१ साल अघि) २५५ पाठक संख्या

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएको छ । वडा नं. २१ र २२ को संयुक्त आयोजनामा अमलेखगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर सम्पन्न भएको हो ।

 

चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा दुई सय १४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गराउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । शिविरमा एक सय ५८ महिला र ५६ पुरुषले स्वास्थ्य परिक्षण गराएका थिए ।

 

शिविरका लागि चुरेहिल अस्पतालबाट आएका विज्ञ चिकित्सक ओर्थोपेटिक सर्जन डा. भरत तिमिल्सिना, फिसिजियन तथा इन्टरनल मेडिकल डा. संजयकुमार गुप्ता, सर्जन डा. सरोज प्रधान, सर्जन डा. बिक्रम आदित्य प्रसाद शाह, रेडियोलोजिस्ट डा. मुकेश साह, डा. चन्द्रप्रकाश स्थानयिको स्वास्थ्य परिक्षण गरेका थिए ।

 

शिविरले बृद्धबद्धासहित सबै उमेर समूहका नागरिक लाभान्वित भएको र आउदो दिनमा पनि सम्बन्धि संघ संस्था संग समन्वय गरेर यस्ता शिविरहरुको आयोजना गर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २१ को वडा अध्यक्ष सुबाश श्रेष्ठले बताउनु भएको छ ।

 

यसैगरी वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बाले उपचारका लागि अन्यत्र धाउन नसक्ने वडाबासीलाई शिविरले राहत दिएको बताए । वडाबासीको सहजताका लागि शिविरको आयोजना गरिएको समेत उहाँले बताउनु भयो ।

 

शिविरमा हाड जोर्नी, नशा, बाथ, पित्तथैली, किड्नी, एपेन्डिस्कलगायत स्वास्थ्यसम्बन्धि विभिन्न समस्याको परिक्षण गरिएको थियो । इसिजिसहित आयोजित शिविरमा बिरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस