आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनाङमा पानी जम्यो, बासिन्दा तातो पानी लिएर मुहानमा

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ३२५ पाठक संख्या

मनाङ , माघ ९ : हिमाल पारिको जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर बनेको छ । जिल्लामा मंगलबारदेखि हिमपात भएको हो ।

हिमपातका कारण जनजीवन कष्टकर भएको  प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो । हिमपातसँगै  हावा चलेपछि जिल्लाको सदरमुकाम चामेदेखि माथिल्लाे भेगका पिसाङ, ध्यारू, ङवल, हुम्दे, भ्राका, मनाङ, टंकीमनाङ, खाङसार, नार र फु गाउँमा अत्याधिक चिसो बढेको छ ।

बाक्लो हिउँ र चिसो हावाको कारण बाहिर निस्कने अवस्था समेत नरहेको सदरमुकाम चामेका मेगबहादुर विक (म्याक्स) ले बताउनुभयो । हिमपात र अत्याधिक चिसोका कारण सवारी साधन चल्न सकेका छैनन् ।  पर्यटक हिमपातका कारण रोकिएका छन् ।   बासिन्दाको दैनिक काम समेत प्रभावित भएको छ।


मनाङको तल्लो भेगमा अत्याधिक चिसो भएपनि हिउँ परेको छैन  माथिल्लो क्षेत्रमा भने भारी हिमपात भएको छ । हिमपातको कारण जनजीवन प्रभावित भएपनि स्थानिय हर्षित भएका छन् । सुख्खा जमिनमा हिमवर्षा हुँदा बाली राम्राे हुन कृषकले बताएका छन् ।

हिउँ छल्न लमजुङ, चितवन, पोखरा र काठमाडौ लगायतका ठाउँमा गएका माथिल्लो भेगका बासिन्दा अहिले पर्कने बेला हो, तर अहिले फेरि हिमपात भएको कारण त्यहाँका बासिन्दा फर्केका छैनन् ।  ।

चिसो मौसममा जनजीवन कष्टकर भएपनि जसोतसो पर्यटकहलाई सेवा सुविधा दिएको नेस्याङ–१, ढिकुरपोखरीका होटल व्यवसायी समिरबाबु घलेले बताउनुभयो । ‘आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका छैनन’ घलेले भन्नुभयो ‘धेरै होटल बन्दभएपनि हामीले कष्टका साथ सेवा दिइरहेका छौँ ।’

खानेपानी पाइपभित्र पानी जम्दा केही ठाउँमा पिउने पानीको समस्या भएको छ । खानेपानीको मुहानमा हिउँ जम्दा समस्या भएको हो । धारामा पानी नआएपछि बासिन्दा पाइप खुलाउन तातोपानी लिएर मुहानतिर लागेका छन् ।  चामेका मेगबहादुर विक (म्याक्स)ले पाइपमा तातोपानी हालेर खुलाउने प्रयास गरिएको बताउनुभयो। चिसो बढेपछि मनाङका विद्यालय बन्द छन् र विकास निर्माणका काम पूर्ण रुपमा ठप्प छ ।

अत्याधिक चिसोका कारण अधिकांश बस्ती खाली भएको छ । जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदैगर्दा चोरी, शिकार जस्ता अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस