आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउड अभिनेता अरबाज खानले गरे बिहे

एपी खबर २०८० पौष ९, सोमबार (४ महिना अघि) २०२ पाठक संख्या

काठमाडौँ : बलिउड अभिनेता अरबाज खान विवाह गरेका छन्। उनले आइतबार प्रेमिका शुरा खानसँग विवाह गरेका हुन्। उनीहरूको विवाह समारोहमा नजिकका साथीभाइ र आफन्त मात्रै सहभागी थिए।उनीहरूको विवाह समारोह मुम्बईस्थित अरबाजकी बहिनी अर्पिता खान शर्माको घरमा आयोजना गरिएको थियो।

 

५६ वर्षीय अभिनेता अरबाजले दोस्रो पटक विवाह गरेका हुन्। यसअघि उनले अभिनेत्री तथा मोडल मलाइका अरोरासँग विवाह गरेका थिए। उनीहरूको ६ वर्षअघि डिभोर्स भएको थियो। विवाह समारोहमा अरबाज र मलाइकाका छोरा अरहान खान पनि सहभागी भएका थिए। अरहान आमासँग बस्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस