आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइतबार सुनको मूल्य स्थिर

एपी खबर २०८० माघ १४, आईतबार (३ महिना अघि) १०९ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस