आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) २३५ पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद विकास कोषको रकमबाट विद्युत् विस्तार कार्यमा १० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।रायमाझीसहित तत्कालीन जिल्ला विकास समितिका प्रमुख इन्जिनियर जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाडी अन्य काम फर्जी भएको पाइएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ ।

janta samchar

प्रतिक्रिया दिनुहोस