आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिभो ह्यान्डसेट खरिद गर्दा स्कुटर, टिभीलगायत उपहार

एपी खबर २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि) ७०१ पाठक संख्या

काठमाडौं-भिभोले आफ्ना ग्राहकका लागि भिभो ह्यान्डसेटको खरिदमा विभिन्न पुरस्कारका लागि विशेष लक्की ड्रको प्रस्ताव घोषणा गरेको छ।

 

दसैंको यो विशेष प्रस्ताव योजना असोज २३ देखि मंसिर १५ सम्म नेपालभरका भिभोको आधिकारिक तथा खुद्रा विक्री केन्द्रमा लागू हुने उल्लेख गरिएको छ।

 

भिभोले १५ हजारभन्दा माथिको भिभो ह्यान्डसेटको खरिदमा विना लागत समान मासिक किस्ता इएमआई र शून्य अग्रिम भुक्तानीजस्ता आकर्षक उपहारहरु ल्याएको छ ।

 

लक्की ड्रमार्फत १२ हजारभन्दा बढी भाग्यशाली ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, इएरबड, पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोनलगायत अन्य उपहार जित्न सक्नेछन्।  अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहारमार्फत् १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्न सक्नेछन्।

 

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने,  ‘यो योजना चाडपर्वको अवधिभर मान्य रहनेछ भने चाडपर्वको अवसरमा हाम्रा ग्राहकलाई खुसी पार्ने उत्तम अवसर पनि हो । नेपालमा रहेको ग्राहकले हामीप्रति देखाएको सदभाव, प्रेम र कृतज्ञताका लागि हामीले यो लक्की ड्रलाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका छौं। हाम्रा ग्राहकहरुलाई हरेक खरिदमा अधिक लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस