आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा विजयपुर नगरपालिकाको चौथो नगरसभा सम्पन्न, ५४ करोड भन्दा बढी बजेट पारित

एपी खबर २०७७ कार्तिक १, शनिबार (३ साल अघि) ५२४ पाठक संख्या

ओम प्रकाश यादव,रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगरसभा शुक्रवार सम्पन्न भएको छ ।
सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय विजयपुरको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको चौथो नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।

 

सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको नगरसभा शुक्रवार मात्र सम्पन्न भएको हो ।

 

नगर प्रमुख गोपाल राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ५४ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।

 

चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि फतुवा विजयपुर नगरपालिकाले आफना चौथो नगरसभाबाट ५४ करोड २० लाख १३ हजार १३ सय १९ रुपैया बजेट पारित गरेको छ ।

 

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।

 

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस