आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेप्सेमा एक पछि अर्को ऐतिहासिक कीर्तिमान, अहिलेसम्मकै उच्च अंकमा

एपी खबर २०७७ मंसिर १६, मंगलबार (३ साल अघि) ३८८ पाठक संख्या

काठमाडौं : मंगलबार सेयर बजार परिसूचक नेप्से २ हजार अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो । ३.३५ अंकले बढेको बजार २ हजार अंकमा पुगेको छ । आज ७ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

बैंकिङ समूह ४१, ब्यापार १०७, होटल २० र विकास बैंक समूह ५२, फाइनान्स ७, निर्जीवन बीमा ३४ अंकले घटेको छ ।

यस दिन जलविद्युत ३८, उत्पादन ९९, अन्य १०७, जीवन बीमा २१६ र माइक्रोफाइनान्स समूह १ अंकले बढेको छ । यस दिन नेपाल पुनर्बीमा, रसुवागढी हाइड्रोपावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम, सान्जेन जलविद्युत र शिवम् सिमेन्टको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै टेलिकमको ४४ करोड तथा नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोडको कारोबार भएको छ । आज एभरेष्ट इन्स्योरेन्सको संस्थापकतर्फका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशत मूल्य गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस