आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट गएको डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात

एपी खबर २०७७ पौष १९, आईतबार (३ साल अघि) ६५१ पाठक संख्या

काठमाडौँ : मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट गएको डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात भएको छ ।पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ७७ करोड ८० लाख ९३ हजार लिटर (७ लाख ७८ हजार ९३ किलोलिटर) आयात भएको पाइपलाइन परियोजनाका प्रोजेक्ट म्यानेजर भरत रेग्मीले जानकारी दिए । यसमध्ये डिसेम्बरमा मात्रै १० करोड लिटर आएको उनको भनाइ छ ।

 

‘डिसेम्बरमा पाइपलाइनबाट औसत प्रतिघण्टा २४० किलोलिटरका दरले डिजेल प्रवाह भयो । यसअनुसार एक महिनामै पहिलो पटक १० हजार लिटर (एक लाख किलोलिटर) आयात भएको छ,’ निगमको प्रदेश २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख रेग्मीले भने । यसअघि पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर आयात गर्न गाह्रो थियो । अहिले २४० किलोलिटरसम्म आयात भएको निगमले जनाएको छ । पेट्रोलियम पाइपलाइनबाट २०७६ भदौ २४ देखि औपचारिक रूपमा डिजेल आयात सुरु भएको हो ।

 

अमलेखगन्जमा निगमको २० हजार किलोलिटर क्षमताको ट्यांक छ । पाइपलाइनबाट आयातित डिजेल त्यहीँ भण्डारण गरिन्छ । त्यहाँबाट काठमाडौं, भैरहवा, विराटनगर, जनकपुरलगायत क्षेत्रमा पठाइन्छ । अमलेखगन्जमा मौज्दात क्षमता कम भए पनि स्थानीय खपतका अतिरिक्त अन्य डिपोमा पनि पठाउने गरिन्छ ।

 

पाइपलाइनबाट डिजेल आयात सुरु भएसँगै चुहावट नियन्त्रणमा सहयोग पुगेको निगमले जनाएको छ । ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति, भन्सार नाकामा हुने सवारी जाम र हडतालको मारबाट पनि मुक्त भएको निगमको दाबी छ ।

 

निगमका अनुसार पाइपलाइनबाट डिजेल आयात सुरु भएपछि एक वर्षमै एक अर्ब ७६ करोड रुपैयाँ बचत भएको छ । मासिक औसतमा १४ करोड ७० लाख रुपैयाँ बचत हुन्छ । सुरक्षाका दृष्टिले उच्च जोखिम रहेको भारतीय आयल कर्पोरेसनको रक्सौल डिपो जनवरी १५ बाट बन्द हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस