आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

एपी खबर २०७७ पौष २०, सोमबार (३ साल अघि) ४२५ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।

 

यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस