आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार दोहोरो अङ्कले बढ्यो

एपी खबर २०८० आश्विन ३०, मंगलबार (६ महिना अघि) ९० पाठक संख्या

काठमाण्डाै – हिजो (साेमवार) २३ अङ्कले घटेको शेयर बजार आज (मङ्गलवार) भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डकाे शेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको शेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

 

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर साढे ८ प्रतिशतले घटेको छ । आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस