आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घट्यो

एपी खबर २०८० मंसिर ११, सोमबार (५ महिना अघि) ६८ पाठक संख्या

काठमाण्डाै – हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ । आज हाेटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

समग्रमा बजार घटेकाे दिन आज अपर स्याङ्गे हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ कराेड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे सात कराेड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस