आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

एपी खबर २०८० मंसिर १२, मंगलबार (५ महिना अघि) ९२ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस