आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो : अहिलेसम्मकै उच्च

AuthorAP Khabar२०८० मंसिर १३, बुधबार (५ महिना अघि) ५१ पाठक संख्या

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस