आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार लगातार दाेस्राे दिन पनि बढ्यो

एपी खबर २०८० मंसिर २१, बिहिबार (४ महिना अघि) ५३ पाठक संख्या

काठमाण्डाै – शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ । आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

 

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

प्रतिक्रिया दिनुहोस