आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार सामान्य बढ्याे, ३ अर्ब ९० कराेड रुपैयाँकाे काराेबार

एपी खबर २०८० मंसिर २७, बुधबार (४ महिना अघि) ८४ पाठक संख्या

काठमाण्डाै – शेयर बजार आज बुधवार सामान्य बढेकाे छ । दिनभर उतारचढाव भएकाे शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेकाे छ ।आज हाेटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहकाे शेयर बढेकाेमा विकास बैंक, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज बाेटलर्स नेपालकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेकाे छ ।

 

समग्रमा बजार बढेकाे दिन कुथेरी बुखारी हाइड्राेपावरकाे शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेकाे छ । आज १ कराेड २० लाख कित्ता शेयर ३ अर्ब ९० कराेड रुपैयाँमा काराेबार भएकाे छ । आज सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे १४ कराेड ६७ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया दिनुहोस