आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको भाउ आज पनि बढ्यो कतिमा हुदैँ छ कारोबार ?

एपी खबर २०८० मंसिर २९, शुक्रबार (४ महिना अघि) ८२ पाठक संख्या

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि बढेको छ । हिजो तोलामा एकैदिन दुई हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १९ हजार एक सय रुपैयाँ छ ।

 

हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो । गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस