आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ सात सय रुपैयाँले घट्यो

एपी खबर २०८० माघ ४, बिहिबार (३ महिना अघि) ५७ पाठक संख्या

काठमाण्डाै – केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस