आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

एपी खबर २०८० फागुन ३, बिहिबार (२ महिना अघि) १८३ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

 

 

खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यसूची अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।

 

 

त्यस्दै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ निर्धारण गरिएको छ ।काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस