आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नुरसुल्तान, मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ। कजाकस्तानका हवाइ अधिकारीका अनुसार १०० जना यात्रु बोकेर अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटनामा परेको हो । विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म ७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रुको उद्धार भइरहेको छ। अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै गरेको विमान टेकअफ गर्ने बित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर दुर्घटना भएको बताइएको छ। विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किएको थियो । विमानमा आगलागी भने नभएको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।