आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अर्घाखाँचीको उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

एपी खबर २०८० माघ २०, शनिबार (२ महिना अघि) ९४ पाठक संख्या

काठमाडौं : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जीप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो।

 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार भूमिकास्थान–२ मूलटंकीकी देवा वेल्वासे र सन्धिखर्क–८ खापडाडाकी डेमकला आचार्यको मृत्यु भएको हो। जीप थापा डाँडाबाट करिब १५० मिटर तल खोलामा खसेको थियो घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याएकोप्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस