आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायम रहने

एपी खबर २०७९ माघ २२, आईतबार (१ साल अघि) १५० पाठक संख्या

काठमाडौँ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सहभागी भएको ४२ दिनमै रविको पार्टी सरकारबाट फिर्ता भएको हो ।

 

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको राष्ट्रिय स्वतन्त्र ओआर्तिको अध्यक्ष रबि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि गुमेको मन्त्री पदमा लामिछानेलाई तत्काल पुनर्बहाली गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएपछि रास्वपा असन्तुष्ट थियो ।प्रचण्डले रवि गृहमन्त्री नबनाउने र गृह रास्वपालाई नदिने अडान लिँदै आएका थिए ।​शनिवार गृहबाहेकको मन्त्रालय लिएर सरकारमा नै बस्ने गरी रविले सकारात्मक सन्देश प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस