आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिडियाप्रति रवि लामिछानेलेको आक्रोशै आक्रोश

एपी खबर २०७९ माघ २२, आईतबार (१ साल अघि) १९९ पाठक संख्या

काठमाडौँ: सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापतिले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्।पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको टिप्पणी गरेका हुन् ।

 

प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै उनले आक्रोश पोखे- ‘लाज लाग्दैन तपाईंहरूलाई ? मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ ।’

 

‘जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू,’ उनले भने । धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए ।पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताइरहे।

 

गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताइरहँदा पनि सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको उनले बताए।

 

आफू देशको नागरिक भएको र अमेरिका बसाइपछि नेपालमै केही गर्छु भनेर आउँदा पनि पावरको मिसयुज गरेर आफूलाई केही सरकारी मानिसहरूले दुःख दिएको उनले बताए।

सर्वोच्च अदालतले आफूलाई एकैछिनमा अनागरिक बनाएको भन्दै उनले केही पनि प्रभावित पार्न नसकेको बताए ।

पटक–पटक मिडिया सञ्चालकहरूको नाम लिएर लामिछाने उनीहरूप्रति पोखिइरहे । देशमा कानूनी शासन भएको भन्दै उनले कानून सबैलाई बराबर भएको उनले बताए।साभार लोकान्तर अनलाईन

प्रतिक्रिया दिनुहोस