आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गैशालाको अनाधिकृत संरचनामा चल्यो जीतपुरसिमरा उपमहानगरको डोजर

अखिलेश कुमार यादव २०८० बैशाख १७, आईतबार (१२ महिना अघि) १५६ पाठक संख्या

बारा ःजीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा अनाधिकृत रुपमा बनाईएको संरचना माथि डोजर चलाउन सुरु गरेको छ । आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाले बिरगंज पथलैया सडक खण्डको जीतपुरमा रहेको बिरगंज जीतपुर गौशालाले अनाधिकृत रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । उपमहानगरले आईतबार बाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो।अनाधिकृत संरचना हटाउन मेयर राजन पौडेल आफैँ फिल्डमा खटिएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाले अदालत बाट अनुमति पाए संगै बिरगंज जीतपुर गौशालाले अनाधिकृत रुपमा बनाएको संरचना माथि डोजर चलाएर खालि गरेको छ । संरचना भत्काउने क्रममा गौशाला संचालन गरेका केहि व्यक्तिहरुले मेयरलाई धकामुकी समेत गरेको छ ।यता जीतपुरसिमरा उपमहानगरपालिकाले २०७९ जेठ महिनाको २५ गते नै सुचना निकालेर बिरगंज जीतपुर गौशाला जग्गामा पक्कि भवन निर्माण नगर्न सुचना निकाले पनि बिरगंज जीतपुर गौशालाले पक्कि भवन बनाएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको ७ औं नगर सभाले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्र भित्र रहेका अतिक्रमित सार्वजनिक जग्गाहरु र तिनमा बनेका घर, संरचना हटाई सार्वजनिक जग्गाहरुको संरक्षण गर्न गरेको निर्णय अनुसार उपमहानगरले बिरगंज जीतपुर गौशालालाई जग्गा खालि गर्नको लागि सुचना निकाले पनि अटेरी गरे पछि आज डोजर चलाएर उपमहानगरले गौशालाले अतिक्रमित गरेर राखेको जग्गा आफ्नो स्वामितवमा लिएको नगरप्रमुख राजन पौडेल बताउनु भएको छ । त्यस्तै उहाँले अब देखि उक्त गौशाला भित्र रहेका गाईहरुको रेखदेख र त्यसमा काम गर्ने मजदुरको तलब उपमहानगरले दिने समेत बताउनु भएको छ ।यता गौशालाले अतिक्रमित गरेर बनाएको सरचना माथि डोजर चलाउन पुगेका उपमहानगरको मेयर राजन पौडेल माथि केहि व्यक्तिले धकामुकी समेत गरेको थियो । बिरगंज जीतपुर गौशालाको संरक्षकले उपमहानगरले आफुहुहरुलाई पठाएको सुचनाको जवाफ दिदा पनि संरचना भत्काउन समय समेत न दिएको आरोप लगाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले अनाधिकृत रुपमा उपमहानगर भित्र सार्वजनिक जग्गामा बनाईएको संरचना आफ्नो स्वामितवमा लिने कार्यको सुरु गरे पछि जीतपुरसिमरा बासिन्दाहरु खुसि भएका छन् भने आगामी दिनमा पनि उपमहानगरले सार्वजनिक जग्गामा बनाईएको संरचना भत्काउनेमा आफुहरु बिश्वस्त रहेको स्थानीयहरू बताएको छ ।उपमहानगरपालिकाले अनाधिकृत रुपमा बनाईएको संरचना माथि डोजर चलाउने अभियान सुरु गरे पछि भूमाफियाहरूमा डर समेत पैदा भएको छ ।यता जिल्ला प्रशासन कार्यालय बाराले उपमहानगरलाई संरचना भत्काउनमा सहयोग न गरेको उपमहानगरको नगरप्रमुख राजन पौडेलले आरोप समेत लगाएको छ ।यसरि नै जीतपुरसिमरा उपमहानगरले अबैध रुपमा सार्वजनिक जग्गामा बनाईएको संरचना र अतिक्रमित गरेको जग्गा आफ्नो स्वामित्वमा लिने हो भने जीतपुरसिमरा उपमहानगर एक सुन्दर उपमहानगर बन्ने हो ।

प्रतिक्रिया दिनुहोस