आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा पनि विविध कार्यक्रम गरी नेपाल संवत् ११४४ मनाइयो

एपी खबर २०८० कार्तिक २८, मंगलबार (५ महिना अघि) १०० पाठक संख्या

बारा : जीतपुरसिमरा उमनपा वडा नम्बर १ मा विविध कार्यक्रम गरी नेपाल संवत् ११४४ मनाइएको मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो ।

 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।यस अवसरमा आयोजना गरीएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेका नेवार समु्दायका साथै अन्य समुदायले न्हूदँया भिंतुनाको ब्यानर सहित बजार परिक्रमा गरेका थिए ।

 

बजार परिक्रमा पश्चात यस कार्यक्रमलाई औपाचारिक्ता दिदै मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीको सबै जातातीले आ आफ्नो पहिचानको रक्षा गर्न आवशक रहेको बताएका थिए । वर्षमा एक दिनको कार्यक्रमले आफ्नो संस्कृती, भाषा र पहिचानको संरक्षण गर्न नसकिने बताउदै प्रदेश सभा सदस्य चौधरीले संस्कृतीको संरक्षणका लागि अभियान नै संचालन गर्न आवशयक रहेको बताए । यसैगरी कार्यकममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले सबै नगरको चौतर्फी विकासमा नगरपालिका सधै अग्रसर रहेको बताएका थिए ।

 

उनले नगर भित्र रहेको नेवार समुदायलाई एकतृत गरी यसको जगेर्ना गर्न आफ्नो तर्फबाट अगामी दिन थप योजना सहित कार्य गर्ने प्रतिबद्धता जाहेर गरे । दुर्गानगर भिमसेन नेवा पुच खलः जीतपुरसिमरा १ द्वारा आयोजीत न्हूदँया भिंतुना कार्यक्रममा आयोजकले दुर्गानगर भिमसेन नेवा पुच खलः खुठीलाई सहयोग गरेको बापत प्रमुख अतिथीलाई सम्मान पत्र र विषिठ अतिथीद्धय भोला अधिकारी र पुर्व नगर उपप्रमुख सरस्वती चौधरीलाई मायाको चिनोले सम्मानित गरीएको थियो ।

 

प्रतिक्रिया दिनुहोस