आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान

एपी खबर २०७७ कार्तिक १४, शुक्रबार (३ साल अघि) ५२९ पाठक संख्या

मुम्बई – बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन् ।अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन् । खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन् ।

 

 

फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन् । फिल्मको छायांकन छिट्टै हुने बताइएको छ ।महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन । फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन् ।

 

 

फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ । शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो । पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो।

यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस