आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी हुन् सफल भएका फिल्मी स्टारका छोराछोरी

एपी खबर २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि) ५२३ पाठक संख्या

काठमाडौं : पछिल्लो समय धेरै कलाकारहरुले आफ्ना छोराछोरीहरुलाई फिल्म क्षेत्रमा ‘डेब्यु’ गराइरहेका छन् । फिल्म क्षेत्रमा स्थापित हुने रहर राख्नेको जमात पनि ठूलै छ । नेपाली सिने जगतमा मात्र हैन, हलिउडदेखि बलिउडसम्म हेर्ने हो भने अधिकांश स्टार छोराछोरी आफ्नो अग्रजको पदचाप पच्छयाउँदै फिल्मलाई नै आफ्नो पेसा बनाइरहेका छन् । तर, अधिकांश बाहेक एकाध मात्रले सफलताको स्वाद चाख्न सफल भएका छन् ।

 

कतिपय स्टारका छोराछोरी जति नाम कमाउनु पर्ने हो त्यति कमाउन सकेका छैनन् भने कोही बाबुआमाकोभन्दा बढी सफलताको उचाइ चुम्न सकेका छन् ।

 

अनमोल केसी


अनमोल अहिलेका सुपरस्टार नायकको रुपमा देखिएका छन् । सदाबहार नायक तथा निर्देशक बाबु भुवन केसी र आमा सुस्मिता बम्जनले उनलाई फिल्म क्षेत्रसम्म ल्याउने गोरेटो देखाएका हुन् ।
उनलाई फिल्म क्षेत्रसम्म ल्याउने गोरेटो बाबुआमाको भएपनि अनमोल आफ्नै बलबुतामा स्टार भएका हुन् । होस्टलबाट ‘डेब्यु’ गरेका अनमोलले त्यति धेरै चलचित्र खेलिसकेका छैनन् ।

तर, उनको चर्चा भुवन केसीको भन्दा माथि राखेर गर्न थालिएको छ । फरक लुक्सका कारण उनको ‘फ्यान फलोइङ’ धेरै छन् । अहिले नेपाली चलचित्रमा सबैभन्दा बढी कसैको क्रेज छ भने अनमोलकै छ । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु सजिलै ५० लाखको बोली लगाउन तयार छन् ।

केकी अधिकारी


नायिका केकी अधिकारी नेपाली फिल्म इन्डस्ट्रीमा सफल नायिकाको रूपमा परिचित छन् । उनी फिल्म निर्देशक तथा रंगकर्मी बद्री अधिकारीकी छोरी हुन् । उनले फिल्म क्षेत्रमा आउन बाबुको साहरा लिइन् कि लिइनन् भन्ने त थाहा छैन ।

 

तर, निर्देशक बद्री अधिकारीको छोरीका रुपमा नै उनले ‘स्वर’बाट डेब्यु गरेकी थिइन् । अहिलेका चल्तीका हिरोइनमा केकीको नाम अग्रपंक्ति आउँछ । उनलाई फलो गर्ने फ्यानको संख्या सानो छैन । अहिले ‘कोहलपुर एक्सप्रेश’बाट निर्मात्रीका रुपमा डेब्यु गरेकी केकीले फिल्म क्षेत्रमा आएदेखि पछाडि फर्किएर हेनुपरेको छैन ।

सुहाना थापा


नेपाली चलचित्रमा भर्खर पाइला टेकेकी सफल नायिका हुन्, सुहाना थापा । आमा झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ बाट चलत्रिच क्षेत्र प्रवेश गरेकी सुहानाले पहिलो फिल्मबाटै सिने अवार्ड र कामना अवार्ड समेत हात पारिन् ।

सम्भवतः नेपाली चलचित्र क्षेत्रमा यो दुर्लभ संयोग मान्नुपर्छ, आमाले जुन चलचित्रबाट चर्चा कमाइन् त्यसैको सिक्वेल फिल्मबाट छोरीको डेब्यु । अहिले सुहानाको फ्यान फलोइङ पनि बाक्लै छन् ।

सलोन बस्नेत


सलोन बस्नेत नेपाली फिल्म हेर्नेका लागि नयाँ नाम हैन । निर्माता–निर्देशक शोभित बस्नेतका छोरा सलोन ‘नेपाली बाबु’बाट बालकलारका रुपमा फिल्म क्षेत्रमा आएका हन् । सलोन अहिले नेपाली फिल्म क्षेत्रका चम्किला स्टार नै हुन् । कुनै समय फिल्ममा बालकलाकार पहिलो विकल्पका रुपमा थिए । अहिले उनका चलचित्रहरू केही सफल र केही असफल पनि भएका छन् ।

गौरब पहाडी


गौरब पाहाडी नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अर्का कलकार हुन् । चरित्र अभिनेता टिका पाहाडीका सुपुत्र गौरबले मञ्जरी फिलमबाट डेब्यु गरेका थिए । गौरवले फिल्म होस्टेल, गाजलु, उत्सव लगायतका फिल्महरूमा काम गरिसकेका छन् । पछिल्लो समय उनी दर्शक माझ साइँला उपनामले परिचित छन् । अहिले उनी बाबुको भन्दा अलग परिचय बनाएर फिल्म क्षेत्रमा जमिरहेका छन् । उनको अभिनय क्षमताका प्रशंसक धेरै छन् ।

संयम पुरी


संयम पुरी, नेपाली फिल्म ‘सायद’बाट डेब्यु गरेर चर्चा कममएका कलाकारको लिष्टमा अग्रपंक्तिमै आउँछ । उनी निर्माता–निर्देशक नारायण पुरीका छोरा हुन् । संयमले आफ्नो बाबुले अंगालेको फिल्म क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । डेब्युपछि उनले लगातार आभाष, पुन्टे परेड, ग्यांगस्टार ब्लुज लगाएतका फिल्म पाए ।

अनुभव रेग्मी


‘रिदम’बाट डेब्यु गरेका अनुभव रेग्मी अहिलेका चर्चित बालकलाकार हुन् । ‘नाइ नभन्नु ल’को सिरिजमा देखिँदै आएका अनुभव चरित्र अभिनेत्री कविता रेग्मीका सुपुत्र हुन् । अभिनयको कुसल क्षमताका कारण नै अनुभव फिल्म क्षत्रेमा स्थापित हुने क्रममा छन् । तर, उनलाई फिल्म क्षेत्रसम्म ल्याउन पक्कै पनि आमा कविताले पनि मिहिनेत गरेकी नै होलिन् । अनुभव पछिल्लोपटक ‘ए मेरो हजुर–२’मा देखिए । उनको जीवन्त प्रकारको अभिनयको प्रशंसकको संख्या ठूलो छ ।

अनुभव फिल्म क्षेत्रबाट तत्काल अलग हुन सक्लान् भन्ने देखिँदैनन् । किनभने बालकलाकारमा रुपमा अहिले उनी उत्कृष्ट विकल्प हुन् । उनले पनि सलोन बस्नेतको पदचाप पछ्याउलान् कि ?

यी बाहेक पनि धेरै कलाकारका छोराछोरी फिल्म क्षेत्रमा आए । त्यसमध्ये कति स्थापित भए त कति स्थापित हुन नसकेरै पलायन भए । केही अझै पनि संघर्ष गर्दैछन् । कलाकार आफ्ना अभिभावकले अंगालेकै क्षेत्रमा जम्ने अभिलाषाका साथ संघर्षरत छन् ।

तर, उनीहरुको भाग्य र भविष्यको फैसला बाबुआमाको नामले भन्दा बढी उनीहरुकै लगनशिलता र परिश्रमले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस