आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सलमान र शाहरुख एउटै फिल्ममा ?

एपी खबर २०७७ कार्तिक २३, आईतबार (३ साल अघि) ५४९ पाठक संख्या

मुम्बई – बलिउडमा यस्ता स्टार छन्, जसलाई दर्शकले एउटै पर्दामा देख्न चाहन्छन् । त्यो लिस्टमा सलमान खान र शाहरुख खानको नाम पनि सामेल छ ।

 

आज पनि दर्शकले सलमान र शाहरुखलाई एउटै फिल्ममा हेर्न चाहन्छन् ।

 

कैयन् वर्षदेखि सलमान र शाहरुख एउटै फिल्ममा देखिएका छैनन् । अब भने यी दुईलाई एउटै फिल्ममा देख्न सकिने सम्भावना बढेर गएको छ ।

शाहरुख खानले त लामो समयदेखि फिल्ममा काम गरेका पनि छैनन् । उनले सन् २०१८ मा रिलिज भएको ‘जिरो’ फिल्मपछि काम गरेका छैनन् ।

 

शाहरुखले अन्य कैयन् प्रोजेक्ट पनि रिजेक्ट गरेका छन् ।

 

हालै खबर आएको छ कि, शाहरुख खान र सलमान खानले एकसाथ फिल्म्मा काम गर्न लागेका छन् । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

 

मुम्बई मिररको एक रिपोर्टअनुसार सलमान खान र शाहरुख खानले एकसाथ फिल्म ‘पठान’ मा काम गर्दैछन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ ।

 

यसअघि सलमान र शाहरुखलाई फिल्म कुछ कुछ होता है, ओम शान्ति ओम लगायतका फिल्ममा एकसाथ देखिएको थियो । यस्तै सलमान खानको ट्युबलाइट मा पनि शाहरुख खानको सानो भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस