आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गीत गाएर विश्व रेकर्ड राख्ने प्रयासमा राज्यमन्त्री मानन्धर

एपी खबर २०७७ पौष १०, शुक्रबार (३ साल अघि) ६९५ पाठक संख्या

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गरेका छन ।

 

काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ वटा गीत लगातार गाएर  गिनिज बुकमा रेकर्ड राख्न लागेका हुन ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले गिनिज बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

 

उक्त कार्यक्रमका लागि बेलायतबाट पाँचजना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस