आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रक्सी पिएर गाडी चलाउँदा सीधै प्रहरी कहाँ संकेत !

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३५ पाठक संख्या

काठमाडौं ,पौष २१ :  रक्सी पिएर गाडी चलाउँदा हुने घटनालाई रोक्न अब यो मेसिनले सहयोग गर्न सक्छ । शनोवर बैली विद्यालयकी एक छात्राले श्वास परिक्षण यन्त्र निर्माण गरेकी छन् ।

भारतको हिमाञ्चल प्रदेशमा आयोजना गरिएको राज्यस्तरीय विज्ञान प्रदर्शनीका पेश भएका १०० मोडेलमध्ये छात्रा रुपालीको मोडेल चर्चामा आएको छ । उनले निर्माण गरेको यन्त्र मापसेका लागि सही बन्नसक्छ । ७ कक्षामा अध्ययनरत १२ वर्षीया छात्रा रुपालीले दाबी गरेकी छन् की यो यन्त्र गाडीमा जोडियो भने रक्सी सेवन गरेर ड्राइभिङ गर्दा गाडीको इन्जिन आपसेआप रोकिने छ ।

रुपालीले तयार गरेको यन्त्रमा एल्कोमिटर, स्मोकेलाइजर, जीपीएस र जीएसएमको प्रयोग गरिएको छ । यो यन्त्रले रक्सी पिएर गाडीको स्टेरियङमा बसेपछि इन्जिन अटोमेटिक बन्द हुनेछ । श्वासप्रश्वास यन्त्रकै कारण रक्सी पिएको भए घरपरिवार वा प्रहरी कहाँ आफै सूचना पुग्नेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस