आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीकाे गाेलीबाट तस्करकाे मृत्यु

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं , पौष २९ :  प्रहरी र तस्करसमूहबीच गोली चलेकाे छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा तस्कर र प्रहरीबीच गोली चल्दा तस्कर समूहका एक सदस्यको मृत्यु भएको हाे ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली चलाएपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको हाे  ।

गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । कारबाहीमा मारिनेमा करीब ३५ वर्ष उमेरका पुरुष छन् । प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस