आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवा निवासमा नेविसंघको धर्ना, सुरक्षा तैनाथ बढाइयो

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , माघ ३ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देउवा निवासमा धर्ना दिएका छन् ।  नेविसंघको म्याद थपिएको भन्दै नेविसंघ भित्रको वर्तमान सभापति देउवापक्षीय समूह नै अहिलेको समिति भंगगरेर अर्को नयाँ समिति पार्र्टीले घोषणा गर्नुपर्ने भन्दै  सभापति निवासमा धर्ना बसेका हुन ।

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका दर्जनौं नेता–कार्यकर्ताहरुले अहिले धर्ना दिइरहेका छन् । दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वरपर सुरक्षा तैनाथी बढाइएको छ । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ ।

पटक –पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् । नेविसंघमा एकथरी समूहले तुरुन्त अधिवेशन गर्नुपर्ने र अर्का थरी समूहले पार्टीले नै नयाँ समिति घोषणा गर्नुपर्ने तर्क राख्दै आइरहेको एक पदाधिकारीले जनता समाचारलाई बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस