आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रिना मृत्यु प्रकरण : स्थानीय आन्दोलित, प्रहरीद्वारा पुनः हवाई फायर

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (५ साल अघि) ४२० पाठक संख्या

बैशाख १० मोरङको पथरी शनिश्चरेमा ७ वैशाखमा मृत फेला परेकी रिना बस्नेतको मृत्युको विषयलाई लिएर आन्दोलित बनेको स्थानीय र प्रहरीबीच पुनः झडप भएको छ ।

दिउँसो झडपहुँदा हवाइ फायर गरेको प्रहरीले पुनः दुई बजे हवाइ फायर गरेको छ । स्थानीयले विरोध गर्न छाडेका छैनन् भने प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन बेलाबेला हवाइ फायर गरिरहेको छ ।

रिनाको मृत्युबारे सत्यतथ्य छानविन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलित बनेको स्थानीयले राजमार्ग बन्द गराउनुको साथै नगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलित भीड तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको छ ।

मृत्युको विषयलाई लिएर स्थानीय जनप्रतिनिधिको टोली र प्रहरीबीच भित्र छलफल चलिरहेको छ । यद्यपी बाहिर भने स्थानीयले नाराबाजी गरिरहेका छन् ।
प्रहरीले रिनाको मृत्यु लडेर भएको प्रारभिक अनुसन्धानबाट देखिएको भनेपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले मृत्य नभई रिनाको हत्या भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस