आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तीन लाख घुससहित अदालतका नासु पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) ३१२ पाठक संख्या

बैशाख २२ नेपालगञ्ज,

उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका नायव सुब्बा कृष्ण कुमार पाठक तीन लाख घुस सहित पक्राउ परेका छन्।

अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै पाठकले घुस माग गरेको सूचनाको आधारमा शनिबार साँझ पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्ण पौडेलले बताए।

नेपालगञ्जको एक ल फर्मबाट पक्राउ परेका टाइपिष्ट नासु पाठकलाई थप कारबाहीका लागि आइतबार अख्तियारको केन्द्रीय कार्यालय पठाइँदै छ।

प्रतिक्रिया दिनुहोस