आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्रिकेट खेल्ने क्रममा छुरा प्रहार गर्ने २ जना प्रहरीको हिरासतमा

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) २४६ पाठक संख्या

वैशाख २७ गते ।

सिरहामा क्रिकेट खेल्ने क्रममा युवकमाथि छुरा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २१ घर भई हाल सिरहा लहान नगरपालिका ८ मा डेरा गरी बस्ने नथलाल साहको छोरा २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गर्ने २ जनालाई बिहिवार साझँ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका ८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् । क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा लहान नगरपालिका ७ शिव चोकमा राजु कुमारलाई छुरा प्रहार गरी घाईते बनाएको अभियोगमा पासवान र यादवलाई नालामा फालिएको छुरा सहित ईलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाईते भएका राजु कुमारको राउ स्मारक अस्पतालमा उपचार भईरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस