आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आपत्तिजनक अवस्थामा होटलबाट ७ जना पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३७९ पाठक संख्या

जेठ ०२ नवलपरासी,
प्रहरीले मन्यबिन्दु नगरपालिका– २ स्थित एक होटलबाट मध्यरातमा ७ जनालाई पक्राउ गरेको छ  । नन्दपुरमा रहेको रिमझिम होटलबाट २ महिला, ४ पुरुष र होटल सञ्चालकलाई पक्रेको हो  ।

होटेलमा यौनधन्दा हुने गरेको सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । होटलको कोठामा छापा मार्दा आपत्तिजनक अवस्थामा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राती १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी नवलपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको दावी छ ।

प्रतिक्रिया दिनुहोस