आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजधानीका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जना पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) २६५ पाठक संख्या

जेठ ०२ काठमाडौं । राजधानीका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका – १६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस